• ट्रेण्डिङ्ग :
दाजुको फुला सेलाउन गएका भाइ नारायणी नदीमा बगेर बेपत्ता

दाजुको फुला सेलाउन गएका भाइ नारायणी नदीमा बगेर बेपत्ता


  • 3.1K
    SHARES
    • श्रावण १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    दाजुको फुला सेलाउन गएका भाइ नारायणी नदीमा बगेर बेपत्ता

    तुलसीपुर, १९ साउन । दाजुको फुला सेलाउन गएका भाई नारायणी नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हेमनगर निवासी ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् । 

    images

    भुसाल आफ्नो मामाको छोरा रेमन्त बस्नेतको अन्तिम दाहासंस्कार पश्चात बिहीबार मोक्ष प्राप्तिका लागि देवघाटमा फुला सेलाउन गएका थिए । देउघाट पुगेर सबै काम सकेर कपाल फालेर नुहाउने क्रममा शुक्रबार बिहान भुसाल वेपत्ता भएको भन्ने जानकारी आएको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुशीराम चौधरीले जानकारी दिए । 

    बेपत्ता भुसालको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # बेपत्ता

  • तेस्रो आँखा