• ट्रेण्डिङ्ग :
१ क्विन्टल सुनको अनुसन्धान अब सीआईबीले गर्ने

१ क्विन्टल सुनको अनुसन्धान अब सीआईबीले गर्ने


  • 3.2K
    SHARES
    • श्रावण १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    १ क्विन्टल सुनको अनुसन्धान अब सीआईबीले गर्ने

    काठमाडौँ, १९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पक्राउ परेको १ क्विन्टल सुनको अनुसन्धान अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने भएको छ । हालसम्म राजस्व अनुसन्धान विभागले मात्र उक्त प्रकरणमा अनुसन्धान गरिरहेको थियो ।

    images

    हिजो प्रधानमन्त्रीसँग गृहमन्त्री र नेपाल प्रहरीका आईजीपीसाँ छलफल गरेपछि सरकार उक्त अनुसन्धानको बाँकी काम सीआईबीलाई जिम्मा लगाउने निष्कर्षमा पुगेको हो । हालसम्म भएका अनुसन्धानको फाइल र पक्राउ परेकाहरुलाई राजस्व अनुसन्धानले सीआईबीको जिम्मा लगाउने छ ।

    अनुसन्धान पूरा भएपछि राजस्व अनुन्धान विभागले राजस्व छली र सीआईबीले संगठित अपराधमा मुद्दा चलाउने छन् ।


    तेस्रो आँखा