• ट्रेण्डिङ्ग :
मनकामना अस्पतालमा ३ महिने गर्भवतीको उपचारको क्रममा मृत्यु, अस्पतालमा तनाव

मनकामना अस्पतालमा ३ महिने गर्भवतीको उपचारको क्रममा मृत्यु, अस्पतालमा तनाव


  • 4.4K
    SHARES
    • श्रावण २०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 6.7K Views

    मनकामना अस्पतालमा ३ महिने गर्भवतीको उपचारको क्रममा मृत्यु, अस्पतालमा तनाव

    चितवन । चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नंं २६ घर भएकी ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएको हो ।

    images

    रक्तश्राव भएर अस्पताल आएकी नविनाको उपचारमा लापरबाही भएकोले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका छन् । उनको शुक्रबार दिउँसो अपरेशन गरिएको अस्पतालले जनाएको छ । महतोका देवर सन्तोष चौधरीले सामान्य रक्तश्रावमा पनि अस्पतालले हेलचेक्र्याइँ गरेको कारण ज्यानै गएको बताए । अस्पतालले शव बुझ्ने कागजमा जबरजस्ती हस्ताक्षर गराउन खोजेको पीडित परिवारको आरोप छ । मृतकका आफन्तले अस्पतालको गेटमा चाबी लगाइएका छन् । अहिले छलफल सुरु गर्न लागिएको छ । अस्पतालमा रातिदेखि नै प्रहरी परिचालन गरिएको छ ।


    तेस्रो आँखा