• ट्रेण्डिङ्ग :
सांसदहरुलाई आफ्नो भुमिकामा वृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन

सांसदहरुलाई आफ्नो भुमिकामा वृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन


  • 4.4K
    SHARES
    • श्रावण २२, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 6.7K Views

    सांसदहरुलाई आफ्नो भुमिकामा वृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन

    काठमाडौं, २२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आफ्नो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसदहरुलाई संसदभित्र आआफ्नो भुमिकालाई वृद्धि गर्न निर्देशन दिएका हुन् । उनले अवरुद्ध संसद खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल लगायत विपक्षी दलहरुसँग छलफल गर्ने पनि बताएका छन् ।

    images

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरुलाई सुशासन, समृद्धि र सामाजिक न्याय सहितको रुपान्तरणका लागि संसदमा माओवादी केन्द्रको भुमिकालाई बढाउनुपर्ने प्रधानमन्त्री दाहालको निर्देशन रहेको जानकारी गराएका हुन् । दाहालले सभामुखसँग दलको शीर्ष नेताहरुको बैठकपछिको विकसित घटनाक्रमहरुको बारेमा सांसदहरुलाई आवश्यक जानकारी गराइने पनि बताएको जानकारी दिए ।

    बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय शिक्षा ऐन, संघीय निजामती कर्मचारी ऐन र प्रहरी समायोजन ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको कुरा बताएको पाण्डेले उल्लेख गरे ।


    तेस्रो आँखा