• ट्रेण्डिङ्ग :
शीर्ष नेताबीच भएन सहमति, संसद बैठक ४ बजेलाई सर्‍यो

शीर्ष नेताबीच भएन सहमति, संसद बैठक ४ बजेलाई सर्‍यो


  • 3.7K
    SHARES
    • श्रावण २२, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    शीर्ष नेताबीच भएन सहमति, संसद बैठक ४ बजेलाई सर्‍यो

    काठमाडौं, २२ साउन । संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक साढे ३ बजे फेरि बस्ने गरी सकिएको छ । दलहरु सहमतिमा नपुगेका कारण सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेका लागि सारिएको छ ।

    images

    सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल दिउँसो साढे ३ बजे फेरि बस्ने गरी सकिएको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार संसदको अवरोध खुलाउने विषयमा छलफल सकारात्मक भएको छ ।

    नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।


    तेस्रो आँखा