• ट्रेण्डिङ्ग :
कैलालीमा पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

कैलालीमा पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध


  • 2.0K
    SHARES
    • श्रावण २३, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 3.1K Views

    कैलालीमा पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

    धनगढी । कैलालीमा पहिरोले सडक अवरुद्ध भएको छ । भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिकाको सेल्फीडाँडा र बुढितोलामा सोमबार राति पहिरो गएको प्रहरीले जनाएको छ ।सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले पहिरोका कारण राजमार्ग अवरुद्ध भएको जानकारी दिएको छ ।

    images

    राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिम पहाडी जिल्लाबाट छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् भने कैलाली र कञ्चनपुरबाट छुटेका सवारीसाधन अपनि बाटोमै छन् ।

    सवारीसाधन बाटोमै रोकिएपछि गन्तव्यका लागि हिडेका यात्रुहरु बाटोमै अलपत्र परेका छन् । जेसीबीको प्रयोग गरेर पहिरो पन्छ्याउने कामभइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा