दाङ २४ साउन/ नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आन्तरिक विशेष अभियान कार्यक्रम बिहीबार घोराहीमा गर्ने भएको छ । नेपाली कांग्रेस केन्द्रिय समितिको निर्देशन बमोजिम अभियान अन्तरगत आयोजना गरिएको हो ।
केन्द्रिय सदस्य एवं केन्द्रिय प्रतिनिधी डा। गोपाल दहितको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्काले जानकारी दिए ।
बिहीवार विहान ११ बजेदेखी नेपाली कांग्रेसको पार्टि कार्यालय घोराहीमा हुने ‘विशेष आन्तरिक अभियान कार्यक्रम’ मा उपस्थित हुनकालागी सम्पूर्ण अग्रज नेता, जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, प्रदेश क्षेत्रीय कार्यसमिति, नगर तथा गाउँपालिका कार्यसमिति, वडा कार्यसमिति, भातृ तथा शुभेच्छुक संघ संगठन, टोल कार्यसमिति, सुभेच्छुक सम्पूर्णमा अनुरोध गरेका छन् ।
