• ट्रेण्डिङ्ग :
मुम्बई लैजाँदै गरिएकी नेपाली किशोरीको उद्धार 

मुम्बई लैजाँदै गरिएकी नेपाली किशोरीको उद्धार 


  • 4.1K
    SHARES
    • श्रावण २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    मुम्बई लैजाँदै गरिएकी नेपाली किशोरीको उद्धार 

    काठमाडौं २५ साउन/ मुम्बई लैजाँदै गरिएकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ । दैलेख जिल्ला घर भएकी ती किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र ‘किन इन्डिया’को संयुक्त प्रयासमा ‘नयाँ दिल्लीस्थित पुलिस स्टेसनबाट उद्धार गरिएको हो । 

    images

    किन इन्डियाका परामर्शकर्ता लक्ष्मी विष्टकाअनुसार एक  व्यक्तिले राम्रो काम लगाइदिने र चलचित्रमा समेत काम दिलाइदिने प्रलोभनमा पारी ती किशोरीलाई घरपरिवारमा जानकारी नगराई लगिएको थियो । 

    मुम्बई जान हिँडेकी उनलाई त्यहाँ कुन ठाउँ जाने भन्नेसमेत जानकारी नभएको इन्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले जानकारी गराए । बालिकालाई अहिले  नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको  समन्वयमा ‘सिडब्लु सी’ मा पेस गरी सुरक्षित आवास गृहमा राखेर परामर्श भइरहेको र  कानुनी प्रक्रिया पूरा गरी स्वदेश फिर्ता गराइने प्रमुख भट्टराईले जानकारी दिए । 

    उनले कुनै पनि सामाजिक सञ्जालबाट लोभ लालच दिएर बोलाउँदा विश्वास नगर्न र घरपरिवारको जानकारीबिना कहीँ कतै नजान महिला तथा बालबालिकालाई अनुरोधसमेत गरेकी छिन्  ।  रासस


    तेस्रो आँखा