दाङ २५ साउन / दाङ प्रहरीले खुकुरी प्रहार गरि फरार रहेका ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १८ का १७ वर्षीय परिवर्तित नामथर ५६ (०८०.०८१) घोराही ३३(क), वडा नं. १४ गणेश मन्दिर टोल बस्ने १६ वर्षीय परिवर्तित नामथर ५६ (०८०.०८१) घोराही ३३(ख), बंगलाचुली गाँउपालिका वडा नं। १ जुम्लेपानी घर भई हाल घोराही १८ मा बस्दै आएका २० वर्षीय देबेन्द्र कँवर मगर, घोराही १८ भंगीटोल बस्ने १७ वर्षीय परिवर्तित नामथर ५६ (०८०.०८१)घोराही ३३(ग), घोराही १९ सैघा घर भई हाल घोराही १८ मा बस्ने १७ वर्षीय परिवर्तित नामथर ५६ (०८०.०८१)घोराही ३३(घ), घोराही १८ मसिनाका १५ वर्षीय ५६(०८०.०८१)घोराही ३३(ङ) रहेका छन् ।
उनीहरुले गत साउन १० गते राती साढे ११ बजेको समयमा घोराही उपमहानगरपालिका वडा नं. १८ शङ्खेपिपल नजिक घोराही १३ लाहुरेडाँडाका १८ वर्षीय तिर्थ बहादुर पुनलाई अपरिचित समुहले धारिलो हतियार (खुकुरी) प्रहार गरि फरार रहेका थिए । खुकुरी प्रहारबाट पुनको टाउको, अनुहार र बाँया हातको कान्छी औँला बाहेक सबै औँलाको हड्डी काटिए छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका पुनलाई वडा प्रहरी कार्यालय घोराहीको टोलीले उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।
प्रतिष्ठानमा सामान्य उपचारपछि थप पचारको लागि उनलाई साउन ११ गते मेडिकल कलेज भैरहवामा रिफर गरिएको र हालसम्म पनि सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खुकुरी प्रहार गर्नुको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए । खोज जलासका क्रममा घटना भएको १४ दिनपछि साउन २४ गते उनीहरुलाई पक्राउ गरेर ज्यान मार्ने उद्योग सम्वन्धि कसुरमा दाङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भई रहेको गौतमले बताए ।
