• ट्रेण्डिङ्ग :
कोहलपुरबाट अवैध हतियारसहित दुई जना पक्राउ

कोहलपुरबाट अवैध हतियारसहित दुई जना पक्राउ


  • 3.2K
    SHARES
    • श्रावण २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    कोहलपुरबाट अवैध हतियारसहित दुई जना पक्राउ

    बाँके २५ साउन/ बाँकेको कोहलपुरमा अवैध हतियारसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १३ सिम्री बस्ने ३८ वर्षीय शेरबहादुर खत्री र ३८ वर्षीय लालबहादुर पजभैया पक्राउ परेका हुन् ।

    images

    विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर र सव डिभिजन वन कार्यालय कोहलपुरबाट खटिएको संयुक्त टोलीले कोहलपुर नगरपालिका वडा नम्बर १३ सिम्रीबाट उनीहरूलाई पक्राउ  गरेको हो ।

    उनीहरूको साथबाट अवैध घरेलु हतियार एक नाले भरुवा बन्दुक २ थान बरामद गरिएको हो । उनीहरूलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा