• ट्रेण्डिङ्ग :
धनगढीमा गर्भपतन गराउने औषधि खाँदा महिलाको मृत्यु, क्लिनिक सञ्चालक पक्राउ

धनगढीमा गर्भपतन गराउने औषधि खाँदा महिलाको मृत्यु, क्लिनिक सञ्चालक पक्राउ


  • 5.4K
    SHARES
    • श्रावण २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 8.4K Views

    धनगढीमा गर्भपतन गराउने औषधि खाँदा महिलाको मृत्यु, क्लिनिक सञ्चालक पक्राउ

    धनगढी २६ साउन/ धनगढीमा गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर एक महिलाको मृत्यु भएको छ । धनगढीको अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले थापाले बिहीबार बिहान मेरी स्टोप सामुदायिक क्लिनिकबाट किनेर गर्भपतन गराउने औषधि खाएको बताए ।

    औषधि खाएपछि रक्तश्राव भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमै मृत्यु भएको डीएसपी चन्दले बताए । मृतकका आफन्तले क्लिनिकले जथाभावी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप लगाएका छन् ।

    घटनापछि फरार भएका क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ बस्ने २५ वर्षीय विनोद जोशीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा