दाङ २६ साउन/ बिहीबार ‘रातको करिव साढे दश बजेको थियो । हामी खानपिन गरी सुत्ने तयारीमा थियौं । श्रीमती पसलको सामान स्याहार्दै थिईन । म पल्टेको थिए । ढोकाभित्र करिव १४/१५ जनाको एक हुल मान्छे पसे । ति मान्छे म भए तिर आए । मलाई कुटपिट गर्न थाले । श्रीमती चिच्याउदै आईन् । श्रीमतीलाई कुटपिट गरे । श्रीमती पल्टीईन् । म बेहोस भएछु । ’ घोराही उपमहानगरपालिका वडा नं। १२ रामकोटका मान बहादुर बस्नेतले भन्छन् –‘ चोरले हामीलाई कुटपिट गरेर बाँधेर घरमा चोरी गरे । नगद ६ लाख सहित पसलका सरसामान गरगहना लुटपात गरी लगे । ’

कुटपिट घाईते भएका बस्नेत र उनकी श्रीमती तिला बस्नेत अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारार्थ अवस्थामा छन् । करिव १५ जनाको युवाहरु समूह घरभित्र पसि कुटपिट गरी पीडित बस्नेत दम्पत्तीलाई घरभित्रै बाँधेर पल्टाई नगद ६ लाख सहित पसलका सरसामान र गहगहना समेत लुटपात गरी लगेको पीडित बस्नेतले बताए । कुटपिटका कारण बस्नेतका श्रीमती सामान्य घाईते भएकी छिन् बस्नेत गम्भीर घाईते छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक डिएसपी राजन गौतमका अनुसार घटना लगत्तै प्रहरीलाई खबर प्राप्त गरी घटनामा संलग्न ३ जनालाई प्रहरी पक्राउ थरी आवश्यक अनुसन्धान गरी रहेको जानकारी दिए । घटनामा संलग्न ३ जना स्थानीय युवा समेत रहेको डिएसपी गौतमले भनाई छ ।

