• ट्रेण्डिङ्ग :
राप्तीमा युवा चेम्बरले रक्तदानसँगै बिरुवा रोपेर मनायो युवा दिवस 

राप्तीमा युवा चेम्बरले रक्तदानसँगै बिरुवा रोपेर मनायो युवा दिवस 


  • 3.8K
    SHARES
    • श्रावण २७, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    राप्तीमा युवा चेम्बरले रक्तदानसँगै बिरुवा रोपेर मनायो युवा दिवस 

    भालुवाङ, २७ साउन । दाङको राप्ती गाउँपालिकामा शनिबार २४ औं अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ। राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सको आयोजना, राप्ती गाउँपालिका दाङको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास’ भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित धार्मिक तथा पर्यटकीय स्थल खौराहबाबामा सो दिवस मनाएको हो।

    images

    365989006_311868211248158_2741532168955874743_n.jpg

    युवा चेम्बरले खौराबाबा मन्दिर पार्क परिसरमा विभिन्न फुल प्रजातिका बिरुवा रोपण, खुला रक्तदान कार्यक्रम र ‘रक्तदान आजको आवश्यकता’ विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रमहरु सम्पन्न गरेको छ । युवा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली र राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

    उक्त कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए भने सोही अवसरमा आयोजित ‘रक्तदान आजको आवश्यकता विषयक वक्तृत्वकला प्रतियोगितामा ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाकी छात्रा सपना भण्डारी प्रथम, ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवाकी छात्रा सुनिता शेर्पा द्वितीय र शंकर माध्यमिक विद्यालय पिपरीकी छात्रा अनिता सुन्दास तृतीय भएकी छन्।

    विजेताहरूलाई क्रमश नगद ३ हजार, २ हजार र १ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियोे । चेम्बरका प्रथम उपाध्यक्ष श्रवण आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, कृषि समितिका प्रेमलाल चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।


    तेस्रो आँखा