• ट्रेण्डिङ्ग :
कांग्रेसमा युवाको भुमिका विषयक विचार गोष्ठी  सम्पन्न 

कांग्रेसमा युवाको भुमिका विषयक विचार गोष्ठी  सम्पन्न 


  • 3.5K
    SHARES
    • श्रावण २८, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.3K Views

    कांग्रेसमा युवाको भुमिका विषयक  विचार गोष्ठी  सम्पन्न 

    दाङ २८ साउन/ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शान्तिनगर कांग्रेसका  युवाद्धारा कांग्रेसमा युवाको भुमिका विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । शान्तिनगर कांग्रेसका युवाको आयोजनामा भएको गोष्ठीमा बोल्दै  युवाहरुले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले कांग्रेस प्रर्ती आस्थावान मतदाता, शुभचिन्तक तथा युवाहरुलाई अवसरबाट बन्चित गराइ आफ्ना नातेदार र आर्थिक लाभमा परि फरक विचार राख्नेलाई अवसर प्रदान गरिएको बताइएको थियो ।साथै पार्टीले  पुराना कार्यकर्तालाई उचित मूल्याङकन नगरेको गुनासो गरेका थिए ।

    images

     खिमराज डाँगी पारसको अध्यक्षतामा भएको कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै गिरीले नेपालको हरेक व्यवस्था परिवर्तनको लागि युवाहरुको महत्त्वपूर्ण भुमिका रहेको बताए ।उनले नेतृत्वमा पुगेको युवाले समय सापेक्ष अनुसार आफुलाई सभ्य समाज निर्माण संगै  युवाहरूलाई रोजगारी तथा उद्यमशिलता तर्फ प्रेरित गर्दै सहयोग गर्न सुझाव दिए ।

    कार्यक्रममा  युवा नेताहरु नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि दाङ जिल्ला तरुण दल अध्यक्ष टीका घर्तीलगायत साथमा  महाधिवेशन प्रतिनिधि युवराज खड्का दाङ जिल्ला सदस्य गेहेन्द्र ओलि, घनश्याम भण्डारी, पुर्व सचिव टेक बहादुर वली, पुर्व सह–सचिव सुरेन्द्र खड्का, पुर्व जिल्ला सदस्य जित बहादुर के.सी.प्रदेश ३ ख का सहसचिव तथा दंगीशरण गाउापालिका वडा नं ६ का वडा अध्यक्ष  रोशनजंग शाह, ले आ–आफ्नो धारणा राख्नु भएको थियो । सोहि अबसरमा नव निर्वाचित भातृ सस्ँथा नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यमा दाङ बाट निर्वाचित १२ जना मध्ये ४ जना रवि बुढाथोकी, युवराज भण्डारी, आकाश भण्डारी र अभिषेक दाहाललाई सम्मान गरिएको थियो । त्यसै गरी कांगे्रसका पुराना नेता हेमन्त योगी, क्षेत्रिय प्रतिनिधिहरु अनिल कार्कि,  प्रसाराम भुसाल, विजय के.सी., राम बहादुर के.सी लगायतले बोल्नु भएको थियो ।

    मनोहर दाहालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेस शान्तिनगर ५ का वडा सभापति तथा वडा अध्यक्ष ओपेन्द्र रावतले  धन्यवाद ज्ञापन गरेको कार्यक्रमको  सहजीकरण दिलिप बस्नेतले गरेका थिए । 


    तेस्रो आँखा