• ट्रेण्डिङ्ग :
उपराष्ट्रपति यादव आज चीन जाँदै

उपराष्ट्रपति यादव आज चीन जाँदै


  • 2.1K
    SHARES
    • श्रावण २९, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 3.3K Views

    उपराष्ट्रपति यादव आज चीन जाँदै

    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जानुहुने भएको छ । 

    images

    चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा सहभागी हुन उहाँ सोमबार(आज) चीन प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुन उहाँ आज दिउँसो ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने मन्त्रालयका शिष्टाचार महापाल सुधीर भट्टराईले जानकारी दिनुभयो । चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उहाँकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा हुनुहुन्छ । 


    तेस्रो आँखा