• ट्रेण्डिङ्ग :
पाँच लाख घुससहित सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल र अपरेटर पक्राउ

पाँच लाख घुससहित सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल र अपरेटर पक्राउ


  • 5.4K
    SHARES
    • श्रावण ३१, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 8.3K Views

    पाँच लाख घुससहित सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल र अपरेटर पक्राउ

    सप्तरी ३१ साउन/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादव र  एमआईएस अपरेटर विरेन्द्रकुमार यादवलाई घुससहित पक्राउ गरेको छ ।

    images

    सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले उनीहरूलाई पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

    उनका अनुसार उनीहरूले सोलार बत्ती जडानलगायत योजनाको भुक्तानीबापत सेवाग्राहीसँग दुई लाख नगद र तीन लाखको चेक घुस लिएका थिए । उनीहरूलाई राजविराज नगरपालिका-३, त्रिभुवनचोकबाट बुधवार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।


    तेस्रो आँखा