• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेल र ओलीबीच भेटवार्ता 

राष्ट्रपति पौडेल र ओलीबीच भेटवार्ता 


  • 3.0K
    SHARES
    • श्रावण ३१, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    राष्ट्रपति पौडेल र ओलीबीच भेटवार्ता 

    काठमाडौं ३१ साउन/ राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

    images

    उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसद्प्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराए । 

    राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सृजना गरेर अघि बढ्न सुझाव पनि दिए ।  प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।


    तेस्रो आँखा