• ट्रेण्डिङ्ग :
एमालेद्धारा सार्वजनिक लेखा समिति बैठक बहिस्कार

एमालेद्धारा सार्वजनिक लेखा समिति बैठक बहिस्कार


  • 2.9K
    SHARES
    • श्रावण ३२, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.4K Views

    एमालेद्धारा सार्वजनिक लेखा समिति बैठक बहिस्कार

    काठमाडौं ३२ साउन/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेका छन् । बिहीबार दिउँसो १ बजेका लागि समितिको बैठक बोलाइएको थियो । तर, एमाले सांसदहरु उपस्थित नहुँदा कोरम पुग्न सकेन । कोरम नपुगेपछि बैठक बस्न नसकेको हो ।

    images

    अन्य दलका सांसदहरुले भने झण्डै ४५ मिनेटसम्म एमालेका सांसदलाई समितिको बैठकमा कुरेका थिए । तर, एमाले सांसद उपस्थित नभएपछि समितिका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठक स्थगित भएको जानकारी दिए । समितिको सभापति चयन नगरिएकोले एमालेले बैठक बहिस्का गरेको जनाएको छ ।


    तेस्रो आँखा