• ट्रेण्डिङ्ग :
तुलसीपुरमा एक महिलाको तिलहरी लुटपाट गर्ने युवक पक्राउ 

तुलसीपुरमा एक महिलाको तिलहरी लुटपाट गर्ने युवक पक्राउ 


  • 4.3K
    SHARES
    • श्रावण ३२, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 6.6K Views

    तुलसीपुरमा एक महिलाको तिलहरी लुटपाट गर्ने युवक पक्राउ 

    तुलसीपुर ३२ साउन/ सल्यानबाट छोराको होटेलमा आउदै गरेकी एक महिला तुलसीपुरमा लुटपाटमा परेकी छन् । तुलसीपुर बसपार्कमा नास्ता पसल सञ्चालन गरेका छोरालाई भेट्न आएकी सल्यान कुमाख गाउँपालिका-३ रागेचौरकी ५१ वर्षीया निर्मला खत्रीको घाँटीबाट तिलहरी लुटेर भाग्दै गरेका युवालाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-१० बिजौरीका १८ वर्षीय नविन सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । सल्यानबाट बसपार्कमा झरेर ति महिलाले छोरा-बुहारीले संचालन गरेको नास्ता पसल खोज्दै गरेको अबस्थामा सुनारले त्यो पसलमा लगिदिने भन्दै बसपार्कको पुल नजिकै लगेर घाँटीमा लगाएको तिलहरी लुटेर भागेका थिए ।

    सोही क्रममा उनले हार गुहार गरेपछि बसपार्कमा खटिएका बसपार्क चौकी इन्चार्ज असई सन्तोष आचार्यको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखेर छानविन हुने भएको छ ।


    तेस्रो आँखा