• ट्रेण्डिङ्ग :
उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ : कानून मन्त्री गुरुङ

उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ : कानून मन्त्री गुरुङ


  • 3.1K
    SHARES
    • भाद्र १, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ : कानून मन्त्री गुरुङ

    काठमाडौं, १ भदौ । कानून, न्याय तथा संसदिय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन् ।  शुक्रबार नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानूनमन्त्री गुरुङले सरकारले शिर्ष नेताहरुको सम्पती छानबिन गर्ने बताएका हुन् । उनले सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरु सबैको सम्पती छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको भन्दै त्यसको कार्यान्वयन हुने बताए ।

    images

    मन्त्री गुरुङले सरकार मुलुकलाई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिवद्ध रहेको बताए । बजारमा नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणसँगै अहिले सुन काण्ड आएको भन्दै सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने बताए । उनले भ्रष्टाचारको लिङ्ग, जात, धर्म हुँदैन भन्ने मान्यताका साथ सरकार अगाडी बढ्ने बताए । मन्त्री गुरुङले सुन तस्करीलाई सामान्य हेलचेक्र्याँइका रुपमा हेर्न नहुने बताए । सामान्य हेलचेक्र्याईले सुन तस्करी भएको हो भन्ने प्रतिवेदन बाहिर ल्याइएको भन्दै सुन तस्करी सामान्य व्यक्तिबाट हुनैनसक्ने जिकिर गरे ।

    कानूनमन्त्री गुरुङले सरकारले कानूनको चाङ लगाएर मात्रै केही नहुने भन्दै सबै दोषी कानूनको कठघरामा उभिने बताए ।


    तेस्रो आँखा