• ट्रेण्डिङ्ग :
एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक भोलिदेखि

एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक भोलिदेखि


  • 5.7K
    SHARES
    • भाद्र २, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 8.7K Views

    एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक भोलिदेखि

    काठमाडौं २ भदौ / नेकपा (एकीकृत समाजवादी)ले पोलिटब्यूरो र केन्द्रीय समिति बैठक बोलाएको छ । शनिबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले भोलि र पर्सि (भदौ ३ र ४ गते) पोलिटब्यूरो बैठक बस्ने निर्णय गरेको छ । 

    images

    पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार पोलिटब्यूरो बैठकमा आगामी कार्यभारको विषयमा छलफल हुनेछ ।  पोलिटब्यूरो बैठक लगत्तै मंगलबारदेखि ३ दिन केन्द्रीय कमिटीको बैठक बोलाएको पनि उनले जानकारी दिए । 

    ‘पोलिटब्यूरोको बैठक भोलि र पर्सि बस्दैछ। ५,६ र ७ गते केन्द्रीय कमिटीको बैठक बस्नेछ । यसका एजेण्डाहरू पहिले नै तय भइसकेको छ,’ सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘वर्तमान परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य विषयवस्तु बनेको छ । यसैको सेरोफेरोमा सदस्यहरूले आफ्नो धारणा राख्नुहुनेछ ।’


    तेस्रो आँखा