• ट्रेण्डिङ्ग :
सूचनाको वास्तविक मालिक नागरिक हुन्: प्रधानमन्त्री प्रचण्ड

सूचनाको वास्तविक मालिक नागरिक हुन्: प्रधानमन्त्री प्रचण्ड


  • 2.4K
    SHARES
    • भाद्र ३, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 3.6K Views

    सूचनाको वास्तविक मालिक नागरिक हुन्: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ, भदौ ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचनाको वास्तविक मालिक नागरिक भएको बताउनुभएको छ । १७ औँ राष्ट्रिय सूचना दिवसको अवसरमा सम्बोधन गर्नुहुँदै उहाँले  यस्तो बताउनुभएको हो । 

    images

    सूचनाको हक सम्बन्धी कानुन नेपालमा लागू भएको १६ वर्ष पूरा भई १७ औँ वर्ष प्रवेश भएको छ । नेपालमा सूचनाको हकसम्बन्धी कानुन लागू भएको लामो समय हुँदा पनि नागरिकले जुन रूपमा यो अधिकारको व्यापक प्रयोग गर्नुपर्ने हो, त्यसअनुरूप हुन नसकिरहेको उहाँले बताउनुभयो । संविधान र कानुनमा सबै सार्वजनिक निकायमा रहेका सूचनाको हक जनतासम्म पुर्‍याउन सरकारले कानुन निर्माण प्रक्रिया अघि बढाइसकेको बताउनुभयो । 

    सबै निकायले कानुन कार्यान्वयनमा सार्वजनिक निकायलाई अझै बढी जिम्मेवार र जबाफदेही बनाउनुपर्ने उहाँको भनाइ छ । 


    तेस्रो आँखा