काठमाण्डौ । सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबीचको छलफल निष्कर्षविहीन भएको छ । सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेले अडान कायमै राखेको छ ।
सत्तारुढ दल समिति नबनाउने अडानमा छन् । 'उच्चस्तरीयमा अडान कायमै छ । सरकारको अकर्मण्यताले सदन अवरोध भएको हो । उच्चस्तरीय समितl बनाउनुपर्ने थप पुष्टि भएको छ । हाम्रो माग थप सशक्त बनाउछौँ', एमाले प्रमुख सचेतक पदम गिरीले भने ।
सभामुखसँगको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि सत्तापक्ष र प्रमुख प्रतिपक्षीको अडान कायम रहेकाले तत्काल सदनको गाँठो फुक्ने सम्भावना नरहेको बताए ।
'गाँठो फुकेको छैन । जहाँ अड्केको छ त्यहीँ छ। प्रमुख प्रतिपक्षी थप बलियो हुने भनेको छ', उनले भने, 'सदनमा अन्य दल पन छन् । संसदीय प्रणालीमाथि प्रश्न नउठोस् । सदन चल्ने वातावरण बनाउनुपर्छ । जे छ सदनमै गरौँ ।'
सदनको अवरोधबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख दलहरूसँगको छलफल गर्दैछन् । साढे १२ बजे बोलाइएको बैठकमा सहभागी हुन प्रमुख सचेतकहरू प्रधानमन्त्री कार्यालय पुगेका छन् ।
तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेले अडान कायमै राखेको छ ।