• ट्रेण्डिङ्ग :
छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा विद्यालयका लेखापाल पक्राउ

छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा विद्यालयका लेखापाल पक्राउ


  • 3.0K
    SHARES
    • भाद्र ३, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा विद्यालयका लेखापाल पक्राउ

    कञ्चनपुर ३ भदौ / कञ्चनपुरमा छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक विद्यालयका लेखापाललाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१० को सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल वीरेन्द्रप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जोशीले विद्यालयमा अध्ययनरत १५ वर्षकी बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए । लेखापालले छात्रालाई अभद्र व्यवहार गरेको भन्दै आइतबार विद्यार्थीहरुले विद्यालयमा प्रदर्शन गरेका थिए ।

    उनीहरुले जोशीलाई कडा कारवाहीको माग गरेका छन् । जोशीलाई पक्राउ गरिएपनि पीडित पक्षले अहिलेसम्म किटानी जाहेरी भने दर्ता गराएका छैनन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा