• ट्रेण्डिङ्ग :
चोरिएका दुई बच्चासहित एक जना नियन्त्रणमा

चोरिएका दुई बच्चासहित एक जना नियन्त्रणमा


  • 3.7K
    SHARES
    • भाद्र ३, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    चोरिएका दुई बच्चासहित एक जना नियन्त्रणमा

    बारा ३ भदौ / चोरिएका दुई बच्चाहरूसहित बाराको देवताल गाउँपालिका-३ अमुवाबाट आइतबार सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

    images

    बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बिओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मूर्तिया ग्रामपञ्चायत-४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिएको हो ।

    सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सोही गाउँपालिका-३ नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द महतोका दुई वर्षीय छोरालाई आलमले चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै थिए ।

    सीमावर्ती इलाकामा गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई शंका लागी आलमले बोकेको बोरा जाँच गर्दा दुई बच्चा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

    उद्धार गरिएका बच्चाहरूलाई अभिभावकको जिम्मा लगाइएको डिएसपी थापाले जानकारी दिए । नियन्त्रणमा लिइएका आलमलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।


    तेस्रो आँखा