• ट्रेण्डिङ्ग :
दाङमा अपहरणपछि बन्धक बनाई कुटपिट गरेको आरोपमा सात जना पक्राउ

दाङमा अपहरणपछि बन्धक बनाई कुटपिट गरेको आरोपमा सात जना पक्राउ


  • 2.3K
    SHARES
    • भाद्र ५, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 3.6K Views

    दाङमा अपहरणपछि बन्धक बनाई कुटपिट गरेको आरोपमा सात जना पक्राउ

    दाङ ५ भदौ/ दाङमा अपहरणपछि बन्धक बनाई कुटपिट गरेको आरोपमा सात जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१३ सेवारका ४१ वर्षीय जीतबहादुर बिकलाई आइतबार राति अपहरण गरी कुटपिट गरिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा घोराही १९ का ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्ती मगर, ३४ वर्षीय खिमबहादुर घर्ती मगर र दुई जना नाबालिग रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए ।

    डिएसपी गौतमका अनुसार गत आइतवार राति विकलाई अपहरण गरी रा १ ह ४१३१ नम्बरको अटो रिक्सामा राखेर घोराही १९ थकालीकोटस्थित दीपक सुनारको खाली घरमा पुर्‍याएको थियो । त्यहाँ उनलाई कुटपिट गरी घाइते बनाएको अवस्थामा फेला पारेको  प्रहरीले बताएको छ । घाइते विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

    पक्राउ परेहरुले घाइते विकले पैसा चोरी गरेको आरोपमा अपहरण शैलीमा बन्धक बनाई कुटपिट गरेको प्रहरी समक्ष बताएका छन् । डीएसपी गौतमले पक्राउ परेकाविरुद्ध अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको  बताए ।


    तेस्रो आँखा