• ट्रेण्डिङ्ग :
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


  • 3.0K
    SHARES
    • भाद्र ५, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    दाङ ५ भदौ/ दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा नगरपालिका ४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    images

    डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका १७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा