• ट्रेण्डिङ्ग :
संसद अवरोध हटाउने विषयमा राजनीतिक दलहरुबीच दुईबुँदे सहमति

संसद अवरोध हटाउने विषयमा राजनीतिक दलहरुबीच दुईबुँदे सहमति


  • 2.7K
    SHARES
    • भाद्र ६, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.1K Views

    संसद अवरोध हटाउने विषयमा राजनीतिक दलहरुबीच दुईबुँदे सहमति

    काठमाडौं ६ भदौ/ संसद अवरोध हटाउने विषयमा राजनीतिक दलहरुबीच दुईबुँदे सहमति भएको छ । बुधबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले दुइबुँदे सहमति गरेको हो ।

    images

    बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राप्रपाका नेताहरु उपस्थित रहेका थिए । गत साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गरेको ६१ किलो सुन समातेको थियो । त्यसको छानविन गर्न उच्च स्तरीय आयोग गठनको माग गर्दै साउन १० यता प्रमुख प्रतिपक्षी दल एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।

    सहमति पत्रमा आगामी असोज ५ गते आयोग गठन गर्ने तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अनुसन्धान र छानबिन गरिरहेकाले उसले नै संलग्न व्यक्तिहरूलाई अभियोजन गर्ने उल्लेख छ । योसँगै अब प्रतिनिधि सभा र राष्ट्रिय सभाको अवरोध हट्नेछ ।


    तेस्रो आँखा