घोराही, ६ भदौ/ नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले क्रियाशील सदस्यता नविकरणका विषयमा वडा सभापतिहरुसँग छलफल गर्ने भएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ को वुधवार बसेको बैठकले क्रियाशील सदस्यता नविकरणको विषयमा छलफल गर्नकालागी कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
भदौ ८ गते शुक्रवार विहान ११ बजे पार्टि कार्यालय घोराहीमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेस दाङले सुर गरेको ‘खुमबहादुृर खड्का स्मृति समाज विकास समिति’ अक्षयकोषकालागी सहयोग अभियानलाई वडा तहमा पु¥याउने निर्णय गरेको छ । क्षेत्रिय सभापति भिमप्रकाश खड्काको अध्यक्षता एवं नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका प्रवत्ता प्रचण्डविक्रम न्यौपाने (गुन्टु)को प्रमुख आतिथ्यमा बसेको बैठकले भदौ १५ गते क्षेत्र नम्बर २ का महिलाहरुको भेला गर्ने निर्णय गरेको छ ।
संगठन सुदृढिकरण अभियान अन्तरगत महिला भेला गर्ने निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेसका निवर्तमान क्षेत्रिय सदस्य घोराही उपमहानगरपालिका वडा नम्बर ७ का केशव केसीको ४७ वर्षको उमेरमा भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली एवं परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
