- तेस्रो आँखा डेस्क
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पछिल्लो सरकार चार महिनामा साढे सात खर्ब व्यापार घाटा भएको बताएका छन्।
एमाले जिल्ला संगठन कमिटी भक्तपुरद्धारा आयोजित नेकपा एमालेको दशौं महाधिवेशनको सन्देश सभा तथा केन्द्रीय कमिटीमा निर्वाचित सदस्यहलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता बस्नेतले त्यस्तो बताएका हुन् ।
देउवाको वर्तमान सरकारले नेपालको अर्थतन्त्र डामाडोल बनाएको नेता बस्नेतले आरोप समेत लगाए। अघिल्लो वर्ष कोभिड हुँदा हाम्रो सरकारले आयात निर्यात सन्तुलन गरेको भन्दै अघिल्लो वर्ष भन्दा यो सरकारले तीन खर्ब बढी व्यापार घाटा पुर्याएको उनको भनाइ छ ।
फरक प्रसंगमा उनले भने 'कांग्रेसले आज आफू सत्ता पक्षमा बसेर प्रतिपक्षलाई गालि गर्दै हिँडेको र प्रतिपक्षको जस्तो व्यवहार देखाउँदै हिँडेका छ ।'
‘महाधिवेशनमा उठाउने कुनै गम्भिर प्रश्न नभएका कारणले आज विपक्षीहरुले सामान्य भन्दा सामान्य प्रश्न उठाएर एमालेको आलोचना गरिरहेका छन्' उनले भने 'अब एमालेको मुल रणनितिक लक्ष्य जनताको बहुदलिय जनवादको मार्ग दर्शनमा रहेर समाजवाद प्राप्त गर्ने रहेको छ ।' अब आउने चुनावमा एमालेले सानदार जित हासिल गर्ने उनको भनाइ छ ।
