काठमाडौं ७ भदौ/ नेकपा एकीकृत समाजवादीले आउँदो १४ देखि १८ माघसम्म पार्टीको १० औं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले राष्ट्रिय महाधिवेशन गर्ने लगायतका महत्वपुर्ण निर्णय लिएको हो ।
आगामी असोजमा एक महिना मेची महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने पनि निर्णय गरेको छ । यसको योजना तयार गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ । मंसिर मसान्तसम्म कमिटी नभएका पालिका र वार्डहरुमा कमिटी गठन गर्ने र सबै कमिटीले सदस्यता वितरण गरिसक्ने समाजवादीले जनाएको छ ।
महाधिवेशनलाई केन्द्रित गरी भदौ मसान्तसम्म संगठन र प्रचारको योजना बनाएर कार्यान्वयन थाल्न सबै जनसंगठनलाई निर्देशन दिएको छ । महाधिवेशनसम्म जाँदा केन्द्रीय कमिटी र निकायमा आवद्ध नेताहरुको कार्यक्षेत्रमा आवश्यक हेरफेर गर्न सचिवालयलाई जिम्मा दिएको छ ।
