काठमाडौं, ९ भदौ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेशन (एमसीसी) लागू हुन नदिने चेतावनी दिएको छ । नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास भएपनि लागू हुन नदिने चेतावनी दिएका हुन् ।
शनिबार काठमाडौँमा आयोजित ‘एमसीसी खोरजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको बिरोधमा आफूहरुले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गरे । उनले परियोजनालाई फिर्ता गराउन सकिने जिकिर गरे । उनले सो परियोजना फिर्ता नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई निरन्तर जारी राख्ने बताए ।
‘अब यो लागूृ गर्ने चरणमा गएको छ । सम्झौता खारेज गर्न त हामीले प्रयास ग¥यौ, सकेनौं । सम्झौता त संसदबाट पास गरे । तर अहिले आएर उनीहरुले गर्न खोजेको के हो भने अब लागू गर्ने चरणमा छन् । यो हामी हुन दिन्नौं’ उनले भने, ‘आगामी १४ गतेबाट ठाउँ ठाउँमा लागू गर्ने योजना बनाएका छन् । र, यो परियोजनालाई लागू गर्ने उनीहरुले डेट फिक्स गरेका छन् । हामीले त्यसैलाई लक्षित गरेको हो, आज यो कार्यक्रम त्यसैका लागि हो ।’
नेता गजुरेलले एमसीसी लागू हुन नदिनका लागि लागू हुने ठाउँमा बिरोध प्रदर्शनमा उत्रिन पनि सबैलाई आह्वान गरे ।
