• ट्रेण्डिङ्ग :
एसिया कपका लागि आज पाकिस्तान जाँदै सन्दीप

एसिया कपका लागि आज पाकिस्तान जाँदै सन्दीप


  • 3.8K
    SHARES
    • भाद्र ११, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    एसिया कपका लागि आज पाकिस्तान जाँदै सन्दीप

    काठमाडौं ११ भदौ/ नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने एसिया कप क्रिकेटका लागि पाकिस्तान जाँदै छन् । काठमाडौं जिल्ला अदालतमा उनी विरुद्धको मुद्दा विचाराधीन रहेकाले अन्तिम सुनुवाइ कुरेर बसेका सन्दीप आज बिहान १०ः २० बजे कतार एयरवेजमार्फत पाकिस्तान प्रस्थान गर्न लागेका हुन् ।

    images

    सन्दीपको अर्को पेशी भने भदौ २१ गतेका लागि तोकिएको छ । सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि एसिया कप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए । सन्दीप कतार एयरवेजको उडानमार्फत दोहा हुँदै पाकिस्तानको मुल्तान उत्रनेछन् ।

    एसिया कपमा नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्नेछ । एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।


    तेस्रो आँखा