• ट्रेण्डिङ्ग :
माओवादीमा अध्यक्ष, वरिष्ठसहित सात उपाध्यक्ष, महासचिव र तीन सचिव हुने प्रस्ताव

माओवादीमा अध्यक्ष, वरिष्ठसहित सात उपाध्यक्ष, महासचिव र तीन सचिव हुने प्रस्ताव


  • 4.8K
    SHARES
    • पौष ११, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    माओवादीमा अध्यक्ष, वरिष्ठसहित सात उपाध्यक्ष, महासचिव र तीन सचिव हुने प्रस्ताव

    काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रको आइतबार बिहान बसेको बैठकमा मुख्य तीन वटा प्रस्ताव पेश भएको छ। आज दिउँसो ३  बजे उद्घाटन हुने भनिएको प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनको रुपमा स्वीकार गर्ने, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुद्वारा २१ औं शताब्दीमा समाजवाद हाम्रो बाटो शीर्षकको प्रतिवेदन पेश गरिएको र विधानमा केही परिमार्जन गरी अध्यक्षसहित १५ जना पदाधिकारीको प्रस्ताव बैठकमा पेश भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए। जसमध्ये राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने विषयमा सर्वसम्मतले स्वीकार भएको महरा बताउछन्।

    images

    आजदेखि पुस १५ गतेसम्म चल्ने महाधिवेशनमा छलफलपश्चात् पारित हुने पनि उनले बताए। माओवादी केन्द्रको पदाधिकारीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने प्रस्ताव पेश भएको उनले बताए।

    यसैगरी, देशका सबै राजनीतिक दलहरुलाई पनि महाधिवेशनमा अतिथिका रुपमा उपस्थिति हुन निमन्त्रणा पनि गरिएको उनले बताए। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोनमार्फत निमन्त्रणा दिइएको विषयमा बोल्दै उनले ओली पनि आउने प्रतिक्रिया दिए। ‘उहाँ पनि आउनुहुन्छ । अब त्यो आफ्नो पार्टीको अधिकारको कुरा हो , उनले बताए।


    तेस्रो आँखा