• ट्रेण्डिङ्ग :
जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ


  • 4.1K
    SHARES
    • भाद्र १३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

    बर्दिया १३ भदौ/ १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-६ जयपुरगाउँ बस्ने २१ वर्षीय हरी खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images

    खड्काले ती किशोरीलाई भदौ ५ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-४ गुरुवागाउँ बस्ने २३ वर्षीय ईश्वर थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

    थारूले ती किशोरीलाई गत वैशाख १५ गते राति जबरजस्ती करणी गरी गर्भ रहन गएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


    तेस्रो आँखा