• ट्रेण्डिङ्ग :
बुटवलका तत्कालीन डीएसपी केसीविरुद्ध भ्रष्टाचार मुद्दा

बुटवलका तत्कालीन डीएसपी केसीविरुद्ध भ्रष्टाचार मुद्दा


  • 3.8K
    SHARES
    • भाद्र १३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    बुटवलका तत्कालीन डीएसपी केसीविरुद्ध भ्रष्टाचार मुद्दा

    बुटवल १३ भदौ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालयका तत्कालिन प्रमुख डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images

    बुटवलमा छँदा उनको निवासबाट अख्तियारले नगद र सुन बरामद गरेको थियो । २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका-५ हाटबजार नजिकबाट ३४ तोला २१ लाख ७ प्वाइन्ट सुन लिएर गएका उनले यसबारेमा कार्यालयमा जानकारी नगराएको पाइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । पछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाएको तर सुन फिर्ता नगरी आफैंसँग राखेका थिए ।

    त्यस क्रममा उनले दुई जनासँग क्रमश ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको पाइएको पनि अख्तियारले जनाएको छ । अख्तियारले १८ लाख रुपैयाँ विगो राखेर उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दिएको प्रवक्ता दाहालले जानकारी दिए ।


    तेस्रो आँखा