तुल बहादुर कवँर, दाङ १४ भदौ/ राप्ती गाउँपालिका द्वारा बुधबार वडा नं।५ सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालयको अनुगमन गरिएको छ । विद्यालयहरुमा देखिएका हरेक समस्याको पहिचान गरि समाधान गर्दै शैक्षिक गुणस्तरमा थप सुधार गर्ने उदेश्यले अनुगमन गरिएको हो ।
विद्यालयको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली ,वडा नं।५ का वडा अध्यक्ष देव प्रसाद चौधरी र शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले अनुगमन ग।ेका थिए । अनुगमन पश्चात् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विद्यालयमा देखिएका समस्याहरुलाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै समस्याको हल गर्ने बताए । गाउँपालिकाको पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा सुधार गर्ने रहेको बताउदै अध्यक्ष विष्टले विद्यालय शिक्षामा देखिएका समस्यलाई गाउँपालिका र विद्यालयले समन्वय गरेर हल गर्नु पर्ने बताए ।
जग बलियो भएमा मात्रै घर बलियो हुने भन्दै अध्यक्ष विष्टले शिशु कक्षा देखिनै बालबालिकाको मनोविज्ञान बुझेर उनीहरूलाई व्यावहारिक र संस्कारी शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गरे । त्यस्तै अध्यक्ष विष्टले शिक्षक पेशा जागिर मात्रै नभइ सामाजिक उत्तरदायित्व समेत भएको बताउदै शिक्षकहरु आफ्नो कर्तव्य प्रति जिम्मेवार र निष्ठावान भएर लाग्नुपर्ने बताए ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले विद्यार्थीहरुलाई नियमित विद्यालयमा आइ सक्रिय रुपमा पठनपाठन क्रियाकलापमा सहभागी गराउन विद्यालय प्रशासन र शिक्षकहरुको प्रमुख भूमिका रहने भएकाले त्यस तर्फ ध्यान दिन विद्यालय प्रशासन तथा शिक्षकहरुलाई आग्रह गरे ।
त्यस्तै वडा नं।५ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद चौधरीले प्राविधिक धारका विद्यार्थीहरू लाई अधिकतम रुपमा प्रयोगात्मक क्रियाकलापमा लगाउनुपर्ने बताए । पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले पालिकाले प्रत्येक शुक्रबार बुक फ्रि डे को निति ल्याएकाले त्यसैलाई कार्यनयन गर्न आग्रह गरे ।
पालिकाले पालिका भित्र रहेका विद्यालयहरुको गत श्रवण महिनादेखि नै अनुगमन कार्यलाई तिब्र पारेको छ। यस अघि वडा नं।५ पहरुवामा रहेको बालकल्याण आधारभूत विद्यालय, वडा नं।३ बसन्तपुरमा रहेको बिपी आधारभूत विद्यालय र वडा नं।६ पत्थरगढवामा रहेको मार्टिन बोर्डिङ स्कुलको अनुगमन गरिसकिएको छ। पालिकाले वर्ष भरिकै समय तालिका निर्धारण गरि विद्यालय अनुगमन कार्य लाई तिव्र पारेको छ।
