• ट्रेण्डिङ्ग :
भारतविरुद्धको खेलका लागि श्रीलंका पुग्यो नेपाली टिम

भारतविरुद्धको खेलका लागि श्रीलंका पुग्यो नेपाली टिम


  • 10.4K
    SHARES
    • भाद्र १४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 16.0K Views

    भारतविरुद्धको खेलका लागि श्रीलंका पुग्यो नेपाली टिम

    काठमाडौं, १४ भदौ । एसिया कप–२०२३ को दोस्रो खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुगेको छ । नेपाली टिम बिहीबार श्रीलंका पुगेको हो । प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल २३८ रनले पराजित भएको थियो ।

    images

    समूह ‘ए’मा रहेको नेपालले श्रीलंकामा भारतविरुद्ध खेल्ने तालिका छ । नेपाल र भारतबीचको खेल यही भदौ १८ गते हुनेछ ।

    एसिया कप–२०२३ को आयोजना अधिकार पाकिस्तानले पाए पनि भारतले आफ्नो टिम पठाउन अस्वीकार गरेपछि प्रतियोगिता ‘हाइब्रिड मोडेल’मा सञ्चालन भइरहेको छ । प्रतियोगिताका चार खेल पाकिस्तानमा र बाँकी सबै श्रीलंकामा हुनेछन् । भारतले आफ्ना सबै खेल श्रीलंकामा खेल्नेछ ।


    तेस्रो आँखा