• ट्रेण्डिङ्ग :
राप्रपाको पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश

राप्रपाको पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश


  • 3.7K
    SHARES
    • भाद्र १४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    राप्रपाको पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश

    काठमाडौं १४ भदौ/ उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)को धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ ।

    images

    न्यायाधीश सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको उक्त जग्गामा निर्मित भवन भत्काउने कार्य नगर्न नगराउन काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

    रिटको विषयवस्तु हेर्दा छिटो टुङ्गोमा पुग्नुपर्ने प्रकृतिको देखिएको भन्दै अदालतले अग्राधिकार दिई नियमानुसार पेस गर्न पनि आदेश दिएको छ ।


    तेस्रो आँखा