• ट्रेण्डिङ्ग :
एसियन कपमा पाकिस्तानविरुद्ध भारतले ब्याटिङ गर्दै

एसियन कपमा पाकिस्तानविरुद्ध भारतले ब्याटिङ गर्दै


  • 4.0K
    SHARES
    • भाद्र १६, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 6.1K Views

    एसियन कपमा पाकिस्तानविरुद्ध भारतले ब्याटिङ गर्दै

    काठमाडौं, १६ भदौ । एसीसी एसिया कप क्रिकेट अन्तर्गत अहिले भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन् । भारतले पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दैछ । श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा सम्पन्न टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

    images

    भारतले आजको खेलमा शार्दुल ठाकुर, जस्प्रित बुमराह र मोहम्मद शिराजलाई मैदान उतारेको छ । बुमराह एक वर्षपछि टोलीमा फर्किएका हुन् ।पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो । भने, भारतको यो पहिलो खेल हो ।

    भारतले समूह चरणको अन्तिम खेल सोमबार नेपालसँग खेल्नेछ । पाकिस्तान यस खेलमा विजयी हुँदा वा कुनै कारण रद्द भएमा पनि सुपर फोरमा पुग्नेछ । पराजित भएमा भने नेपाल र भारतबीचको नतिजाले निर्धारण गर्नेछ ।

    भारतको प्लेइङ ११ः भारत रोहित शर्मा, शुभमन गिःल, इसान किसान, विराट कोहली, श्रेयस ऐयर, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादव, जसप्रित बुम्राह, महम्मद सिराज ।

    पाकिस्तानको प्लेइङ ११ः इमाम उलहक, फाखर जमान, बाबर आजम, महम्मद रिजवान, अघा सलमान, इफ्तिखर अहमद, सदाव खान, महम्मद नवाज, साहिम साह अफ्रिदी, नसिम साह, हरिश रउफ ।


    तेस्रो आँखा