• ट्रेण्डिङ्ग :
लुम्बिनीका नेता-कार्यकर्तालाई ओलीको उर्दी : आजै समाधान निकाल्नूस्, भोलि बिहान घोषणा मै गरूँला

लुम्बिनीका नेता-कार्यकर्तालाई ओलीको उर्दी : आजै समाधान निकाल्नूस्, भोलि बिहान घोषणा मै गरूँला


  • 4.6K
    SHARES
    • भाद्र १६, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 7.1K Views

    लुम्बिनीका नेता-कार्यकर्तालाई ओलीको उर्दी : आजै समाधान निकाल्नूस्, भोलि बिहान घोषणा मै गरूँला

    बुटवल १६ भदौ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको नेतृत्व सहमतिमा टुंग्याउन नेता कार्यकर्तालई निर्देशन दिएका छन् ।

    images

    शनिबारबाट सुरू भएको एमालेको प्रदेश अधिवेशनलाई उद्धघाटन गर्दै ओलीले लोकतान्त्रिक मूल्य र मान्यताको ख्यालगरि प्रदेशको नेतृत्व सर्वसम्मत ढंगले टुंग्याउन निर्देशन दिएका हुन् ।

    “यत्रो विधि नेताहरूको लाइन यहीँ, नेताहरूले मिलाउनु पर्दैन रु महासचिव जानुभएको ९चीन० छ, युवराजजी आउन पाउनु भएन,” ओलीले भने, “अरू नेताहरू भरे बेलुका बस्नूस्, सबै साथीहरूलाई चित्त बुझ्ने समाधान निकाल्नूस्, भोलि बिहान मै घोषणा गर्दिउँला, केही छैन । तर, समाधान निकाल्नूस् ।”

    प्रदेश अध्यष बन्न लुम्बिनी एमालेका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल निकटका नेताहरुले गुट बनाएपछि आक्रोशितथ बनेको ओलीले उक्त निर्देशन दिएका हुन् ।

    अध्यक्ष ओलीले लुम्बिनीजस्तो ऐतिहासिक स्थानबाट राजनीतिक जागरणका हिसाबले ऐतिहासिक क्षेत्रबाट एमालेको बलियो किल्ला, सिंगो कम्युनिष्ट पार्टीको उद्गमस्थलबाट एमालेले एकताको सन्देश दिनुपर्ने बताए ।

     


    तेस्रो आँखा