• ट्रेण्डिङ्ग :
भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य


  • 3.0K
    SHARES
    • भाद्र १६, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

    एजेन्सी १६ भदौ/ एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८।५ ओभरमा सबै विकेट गुमाउँदै २६६ रन जोडेको हो ।

    images

    भारतका लागि हार्दिक पाण्डेयले ८७ र इसान किसानले ८२ रन बनाउनुबाहेक अरु ब्याटरले उल्लेख्य रन जोड्न सकेनन् । पाकिस्तानका साहिन शाह अफ्रिदीले ४ तथा नसिम शाह र हरिस रउफले समान ३र३ विकेट लिए ।

    कमजोर सुरुवात गरेको भारतका रोहित शर्मा ११, शुभमन गिल १० र विराट कोहलीले जम्मा ४ रन जोडेका थिए । त्यस्तै श्रेयस एयरले १४, रविन्द्र जडेजाले १४, जसप्रित बुम्राहले १६, कुलदिप यादवले ४ र शार्दुल ठाकुरले ३ रन लिए ।

     


    तेस्रो आँखा