• ट्रेण्डिङ्ग :
टी-२० महिला विश्वकप छनोटमा नेपालसंग भुटान पराजित

टी-२० महिला विश्वकप छनोटमा नेपालसंग भुटान पराजित


  • 3.4K
    SHARES
    • भाद्र १७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    टी-२० महिला विश्वकप छनोटमा नेपालसंग भुटान पराजित

    काठमाडौं १७ भदौ/ नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा आइतबार भुटानलाई ३ विकेटले पराजित गरेको छ । लगातार तेस्रो जित निकालेको नेपालले मलेसियामा भएको खेलमा भुटानले दिएको ४० रनको लक्ष्य भेट्टाउन १३।२ ओभर लगाउदा ७ विकेट गुमाएको थियो। 

    images

    नेपालका लागि कप्तान रुबिना क्षेत्रीले नटआउट १२ रन जोड्दा अरु ब्याटरले खुलेर ब्याटिङ गर्न सकेनन्। रुबिना बाहेक नेपालका लागि अरु ब्याटर दोहोरो अंकमा  रन बनाउनबाट चुके । बलिङमा भुटानकी अन्जुली घलेले ३ विकेट लिन सफल भइन्। उनले ४ ओभरमा १ मेडन राख्दा १२ रन खर्चिइन्। यस्तै छिरिङ जाङमोले २ विकेट हात पारिन्। 

    त्यसअघि नेपालले भुटानलाई २० ओभरमा ८ विकेटको क्षतिमा ३९ रनमै समेटेको थियो। भुटानका लगि कप्तान डेचेन वाङ्मोले २१ रन जोडिन् भने अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। 

    बलिङमा नेपालकी पूजा महतोले ३ विकेट लिइन्। उनले ३ ओभरमा १ मेडन राख्दा ६ रन खर्चिइन्। कविता कुवारले ४ ओभरमा १ मेडन राख्दा ७ रन दिइन भने १ विकेट लिइन्। यस्तै रुबिनाले ४ ओभरमा २ मेडन राखिन् भने ६ रन खर्चिएर १ रन दिइन्। खुसी डंगोलले १ विकेट हात पारिन्। 

    अब नेपालले समूहको चौथो खेलमा कतारसँग भोलि खेल्नेछ। आजको जितले नेपालको सेमिफाइनल सम्भावना बलियो भएको छ। यसअघि नेपालले बहराइनलाई १० विकेट र मलेसियालाई ५ विकेटले हराएको थियो। 

    मलेसियामा जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्।

    विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।


    तेस्रो आँखा