• ट्रेण्डिङ्ग :
कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमाथिको सुनुवाई पूर्ण इजलासमा हुने 

कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमाथिको सुनुवाई पूर्ण इजलासमा हुने 


  • 5.1K
    SHARES
    • भाद्र १७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 7.8K Views

    कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमाथिको सुनुवाई पूर्ण इजलासमा हुने 

    काठमाडौं १७ भदौ/ सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदनको सुनुवाई पूर्ण इजलासबाट गर्ने भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिट निवेदनको सुनवाई पूर्ण इजलासमा गर्न आदेश दिएको हो । 

    images

    सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिट निवेदनको सुनुवाई पूर्ण इजलासमा पठाउने आदेश भएको जानकारी दिनुभयो । यो आदेशसँगै कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिट निवेदन अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा सुनुवाइ हुनेछ । 

    मुख्यमन्त्री थापाविरुद्धको रिट निवेदन भोलिदेखि पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । इजलासबाटै सुनुवाईका लागि मिति तोकिएर आजको संयुक्त इजलासमा सुनुवाई गर्न सर्वोच्चले पहिलो प्राथमिकतामा राखेको थियो ।

    यसअघि शुक्रबार सुनुवाइका लागि पेशी तोकिए पनि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा ‘हेर्न नमिल्ने’ भएपछि सुनुवाई हुन सकेको थिएन । मुख्यमन्त्री थापाले प्रदेशसभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्यको समेत विश्वासको मत लिएको भन्दै पूर्वमुख्यमन्त्री हिक्मतबहादुर कार्की त्यसविरुद्ध सर्वोच्चमा रिट लिएर जानुभएको थियो । 

    रिट निवेदनको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले भदौ ७ गते कारण देखाऊ आदेश जारी गर्नुभएको थियो । 


    तेस्रो आँखा