दाङ १७ भदौ/ दाङमा १३ वर्षीया दृष्टिविहीन बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आदर्श नमुना माद्यमिक विद्यालय लालमटियामा अध्ययनरत दृष्टिविहीन बालिकालाई करणी गरेको अभियोगमा कार्यालय सहयोगी रामबहादुर खनाल पक्राउ परेको इलाका प्रहरी कार्यालय, भालुबाङका प्रहरी प्रमुख उज्ज्वलबहादुर सिंहले जानकारी दिए ।
घटना भदौ ४ गतेको हो । प्रहरीले आइतबार बिहान करिब ८ बजे खनाललाई विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक सिंहले बताए ।
‘विद्यालय हाता भित्र करणी भएको र हामी कहाँ जाहेरी आएपछि पक्राउ गरेर अनुसन्धान सुरु भएको छ’, प्रहरी निरीक्षक सिंहले भने, ‘अदालतमा मुद्दा दर्ता भएको छ। म्याद थप गरेर अनुसन्धान गर्ने अनुमति प्राप्त भएको छ।’
