• ट्रेण्डिङ्ग :
एक दिवसीय क्रिकेटमा कुशल भुर्तेलको एक हजार रन ‍पूरा

एक दिवसीय क्रिकेटमा कुशल भुर्तेलको एक हजार रन ‍पूरा


  • 5.0K
    SHARES
    • भाद्र १८, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 7.8K Views

    एक दिवसीय क्रिकेटमा कुशल भुर्तेलको एक हजार रन ‍पूरा

    काठमाडौं, १८ भदौ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटर कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन् । एसिया कप अन्तर्गत अहिले श्रीलंकाको क्यान्डीमा भइरहेको खेलमा ६ रन बनाएपछि उनले ४६औं खेलमा एक हजार रनको कोशेढुंगा पार गरेका हुन् ।

    images

    भुर्तेलले सन् २०२१ सेप्टेम्बरमा पपुवा न्यूगिनीविरुद्ध ओडीआईमा डेब्यु गरेका थिए । उनले ओडीआईमा एक शतक र ६ अर्धशतक प्रहार गरेका छन् । कुशल भुर्तेल नेपालका लागि एक हजार ओडीआई रन बनाउने तेस्रो खेलाडी समेत बनेका छन् ।

    यसअघि कप्तान रोहित कुमार पौडेल र आसिफ शेखले एक हजार रन पूरा गरिसकेका छन् । रोहितले ५३ खेलमा १ हजार ४६९ रन बनाएका छन् ।


    तेस्रो आँखा