• ट्रेण्डिङ्ग :
भारतविरुद्ध नेपालले बनायो २०० रन

भारतविरुद्ध नेपालले बनायो २०० रन


  • 3.7K
    SHARES
    • भाद्र १८, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    भारतविरुद्ध नेपालले बनायो २०० रन

    काठमाडौं १८ भदौ/ एसिया कपमा नेपालले भारतविरुद्ध २०० रन पूरा गरेको छ । श्रीलंकाको पल्लाकाले स्टुडियममा जारी एसिया कपमा भारतविरुद्ध ४३.३ ओभरमा २०० रन पूरा गर्दा ओपनर आसिफ शेखले अर्ध शतक बनाएका छन् ।

    images

    शेखले आठ चौकाको मद्दतमा ५८ रन जोडेर आउट भए । अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दीपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए ।

    भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए । ऐरीसँग ५० रनको साझेदारी गरेका सोमपाल कामी नटआउट २७ रन बनाएर खेलिरहेका छन् । कामीसँग साझेदारी गरिरहेका सन्दीप लामिछानेले ३ रन जोडेका छन् ।

     


    तेस्रो आँखा