• ट्रेण्डिङ्ग :
कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि बहस

कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि बहस


  • 2.1K
    SHARES
    • भाद्र २१, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 3.2K Views

    कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि बहस

    काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा  प्रतिवादीको बहस आज पनि जारी रहने भएको छ । 

    images

    यस मुद्दाउपर सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ । निवेदक पक्षको बहस सकिएपछि प्रतिवादीको बहस सुरु  भएको थियो । 

    मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको हो ।


    तेस्रो आँखा