दाङ, २२ भदौ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीवार राती लमही नगरपालिका– २ श्रीगाउँमा करेन्ट लागेर सोही ठाउँ निवासी ४५ वर्षिया दिलबहादुर चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
बाटोको छेउमा रुखले विजुलीको तार चुँडालेको र सडकमा लत्रिएको तारबाट करेन्ट लाग्दा मृत्यु भएको प्रहरीको भनाइ छ । करेन्ट लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।
शवलाई पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएको छ ।
