दाङ, २२ भदौ/ दाङको घोराहीस्थित पर्ल एकेडेमीले विद्यार्थीलाई उद्घोषण कला सिकाउन थालेको छ । शुक्रबारलाई बुक लेस गर्ने विद्यालयको योजना अनुसार विद्यालयले उद्घोषण कला सिकाउन थालेको हो ।
शुक्रबार विद्यालयले कक्षा ५ देखि १० कक्षासम्मका विद्यार्थीको सहभागितामा उद्घोषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । विद्यालयले हरेक शुक्रबार विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त कार्यक्रम तथा व्यावहारिक सिपसँग जोड्दै आएको छ । उद्घोषणकलासँग सम्बन्धित अभिमुखीकरण कार्यक्रम विद्यार्थीलाई उद्घोषण सम्बन्धी विभिन्न सिप सिकाइएको थियो ।
कार्यक्रममा सहभागीहरूलाई उद्घोषणसँग सम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई आदिम के सीले प्रशिक्षण दिएका थिए । अभिमुखीकरण कार्यक्रम पश्चात उद्घोषण सिप सिक्न चाहने विद्यार्थीहरूलाई नियमित रूपमा उद्घोषण सम्बन्धि प्रशिक्षित गर्दै लैजाने विद्यालयका प्रिन्सिपल दोर्ण पोख्रेलले बताए ।
हरेक शुक्रबारलाई सिपसँग जोड्दै लैजाने उद्देश्यका साथ थालिएका विभिन्न व्यावहारिक सिपसँगै उद्घोषण कलालाई जोडिएको विद्यालयका कोअर्डिनेटर पदम गिरीले बताए ।
